site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अष्ट्रेलियाले पनि उठायो प्रश्न, भन्यो– क्यानडामा भएको हत्यामा भारतको संलग्नता ‘चिन्ताजनक’ 

न्यूयोर्क । अष्ट्रेलियाकी विदेशमन्त्री पेनी वोंगले क्यानडामा भएको हत्यामा भारतको संलग्नता हुनु ‘चिन्ताजनक’ विषय भएको बताएकी छन् । 

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिकाको न्यूयोर्क पुगेकी उनले मिडियाँहरूसँग कुराकानी गर्दै उक्त कुरा बताएकी हुन् । 

“अहिले घटनाको अनुसन्धान चलिरहेको छ,” वोंगले भनिन्, “तर यो रिपोर्ट चिन्ताजनक छ । हामी हाम्रा सहयोगीसँगै यो घटनालाई नजिकबाट नियालिरहेका छौँ ।” 

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानडाको संसद्‌मा ब्रिटिस कोलम्बियामा भएको एकजना शिखको हत्यामा भारतको संलग्न रहेको बताएका थिए । उनले भारतले क्यानडाको संप्रभुताको सम्मान नगरेको र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको आरोप लगाएका थिए ।

“कुनै पनि देशको संप्रभुताको सम्मान गर्नुपर्छ भन्ने अष्ट्रेलियाको मान्यता छ । कानुनी शासनको सम्मान हुनुपर्छ भन्ने हाम्रो विश्वास हो,” अष्ट्रेलियाकी विदेशमन्त्रीले भनिन् । 

सोमबार क्यानडाका प्रधानमन्त्रीले हरदीप सिंह निज्जरको हत्यामा भारत सरकारको संलग्नता रहेको बताएपछि क्यानडाको विदेश मन्त्रालयले एक भारतीय कूटनीतिज्ञलाई देशबाट निष्कासन गरेको थियो । 

बदलामा भारतले पनि नयाँदिल्लीमा रहेका एकजना क्यानडाका कूटनीतिज्ञलाई भारतबाट निष्कासित गर्ने घोषणा गरेको थियो । 

भारत सरकारले क्यानडाका प्रधानमन्त्रीले लगाएको आरोप अस्वीकार गरेको छ ।

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १२:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro