site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एनएमबी बैंकले सञ्चालनमा ल्यायो डिजी स्टेसन

काठमाडौं । एनएमबी बैंकले 'डिजी स्टेसन' सञ्चालनमा ल्याएको छ । बैंकले डिजिटल बैंकिङ प्रबर्द्धन गर्ने उद्देश्यले अत्याधुनिक डिजी स्टेसनको सुरुवात गरेको बताएको छ ।

डिजी स्टेसन ग्राहकहरूलाई सहज र सुविधाजनक बैंकिङ अनुभव प्रदान गर्न बनाइएको स्टेसन हो । जसमा नगद डिपोजिट, क्लियरिङ चेक डिपोजिट, चेक स्टप, चेक रिक्विजिसन, ब्यालेन्स सोधपुछ, नगद निकासी, र स्टेटमेन्ट जेनरेट सबै एकै ठाउँबाट स्वचालित प्रणालीमा मानविय सहायता बिना गर्न सकिनेछ ।

डिजी स्टेसनको सुरुवातले ग्राहकहरुलाई बैंकले प्रदान गर्ने बैंकिङ सेवा, सुविधामा वृद्धि हुने विश्वास बैंकले लिएको छ ।

बैंक आफ्ना ग्राहकहरूको परिवर्तनशील बैंकिङ आवश्यकताहरू पूरा गर्न निरन्तर रूपमा लागिरहेको छ आधुनिक प्रविधिक बैंकिङ सुविधाहरू विकास गर्दै उत्कृष्ट सेवा प्रदान गर्न समर्पित छ ।

बैंकले प्रथम चरणको डिजी स्टेसनको सुरुवात एनएमबी भवन, बबरमहल शाखामा ४ वटा मेसिन जडान गरी सञ्चालन गरेको छ । 

क्यास डिपोजिट मेसिनमा ग्राहकले १ लाख रुपैयाँभन्दा कम रकम बैंकको काउन्टर नपुगी आफैँ खातामा रकमान्तर गर्न सक्ने र डिपोजिटको रसिद पनि सोही मेसिनबाट प्राप्त गर्न सक्ने सुविधा रहेको छ । 

साथै, चेक डिपोजिट मेसिनमा ग्राहकले चेक स्टपदेखि नयाँ चेकको आवेदन र क्लियारिङ चेक समेत डिपोजिट गर्ने सुविधा रहेको छ । 

बैंकले हाल देशभरी २०१ शाखा, १४५ एटिएम र १२ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  २१:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro