site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
शिक्षा विधेयकका बारेमा छलफल गर्न तयार छौँ : कार्यवाहक प्रधानमन्त्री
फाइल तस्बिर ।

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संसद्‌मा दर्ता गरिएको शिक्षा विधेयकका बारेमा छलफल गर्न सरकार तयार रहेको बताएका छन् । मंगलबार राष्ट्रिय शिक्षा दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

मुलुकको अर्थतन्त्रले धान्न नसक्ने माग र संविधानले परिकल्पना गरेको शिक्षाको व्यवस्था प्रतिकूल नहुने गरी विधेयकका बारेमा छलफल गर्न सरकार तयार रहेको उनले स्पष्ट पारे । उनले छलफल र सहकार्यबाट सबै कुराको समाधान गर्न सकिने बताए ।

“अहिलेको, मुलुकको वर्तमान अर्थतन्त्र अप्ठ्यारो अवस्थामा छ, ऋणात्मक छ । अहिलेको अर्थतन्त्रले धान्न नसक्ने माग र मुलुकको संविधानले व्यवस्था गरेको भन्दा परको मागबाहेक सबै कुरा हामी छलफलबाट समाधान गर्न तयार छौँ,” उनले भने, “मुलुकको अर्थतन्त्रले धान्न नसक्ने मागहरू, मुलुकको संविधानले परिकल्पना गरेको शिक्षाको व्यवस्थाको प्रतिकूल नहुने गरी यी दुई कुराबाहेक सबै कुरामा सरकार संसद्‌मा दर्ता भएको विधेयकका बारेमा छलफल गर्न, समाधान निकाल्न र सबै कुरा मिलाउन सरकार तयार छ ।”

सरकारले शिक्षा क्षेत्रमा रूपान्तरणको आवश्यकता महसुस गरेको उनले बताए । भौतिक पूर्वाधार, पाठ्यक्रम परिमार्जन, अध्ययन/अध्यापनको पद्धतिमा सुधारलगायत प्रयास भइरहेको उनले जानकारी गराए ।

सरकारले सबै प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने नीति लिएको र काम अघि बढाइसकेको उनले बताए ।

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १३:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro