site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा महिलाको मृत्यु 
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । सप्तरीको रुपनी गाउँपालिका–१ मा मोटरसाइकल दुर्घटना हुँदा महिलाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सप्तरीकै रुपनी गाउँपालिका–३, हर्दिया टोलकी ४५ वर्षीया सिलावती मुखिया रहेकी छन् । 

दुर्घटनामा घाइते भएकी उनको उपचारको क्रममा युनिक अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

रुपनीबाट राजविराजतर्फ जाँदै गरेको स ४ प ५७ ६० नम्बरको मोटरसाइकल बिहीबार राति अनियन्त्रित भइ पल्टिएर दुर्घटना भएको थियो । 

दुर्घटनामा मोटरसाइकल चालक ५० वर्षीय हरेराम मुखियाको सोही अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १६:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro