site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नारायणी नदी किनारमा सरसफाइ र वृक्षरोपण
तस्बिर : कृष्ण आचार्य/रासस ।

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदी किनारमा शुक्रबार सरसफाइ र वृक्षरोपण गरिएको छ । भरतपुर महानगरको आयोजनामा नारायणी नदीको पुलदेखि लीलाचोकसम्म सरसफाइ गरिएको हो ।

कार्यक्रममा भरतपुर महानगरभित्रका विभिन्न संघसंस्थाका प्रतिनिधि, सरसफाइकर्मी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहभागिता थियो ।

भरतपुर महानगरपालिकाले सफा तथा हरित भरतपुर महाअभियान–२०८० अन्तर्गत प्रत्येक शुक्रबारका दिन सबै वडामा नियमित सरसफाइ गर्ने कार्यक्रम तय गरेको छ ।

महानगरका प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्ष–२०२४ का लागि पनि सफा र सुन्दर हुन जरुरी रहेको बताइन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  ११:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro