site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
मुम्बई विमानस्थलमा दुई किलो धुलो सुन बरामद

मुम्बई । सिंगापुरबाट आएको एक भारतीय परिवारबाट मुम्बई विमानस्थलमा एक करोड रुपैयाँभन्दा बढी मूल्यको दुई किलो सुनको धुलो बरामद गरिएको एक भन्सार अधिकारीले बताएका छन् ।

मुम्बई भन्सार अधिकारीका अनुसार एक करोड पाँच लाख २७ हजार रुपैयाँबराबरको सुनको धुलो दम्पतीले आफ्ना भित्री वस्त्रमा र उनीहरूको तीन वर्षको बच्चाको डाइपरमा लुकाइएको अवस्थामा बरामद गरिएको हो । बरामद सुनको धुलो २४ क्यारेटको हो ।

बिहीबार अपराह्न उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ । विस्तृत विवरण प्राप्त हुन बाँकी छ । 

यसअघि, केरलाको कोचीन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार अधिकारीले ७०० ग्राम सुन मलद्वारमा लेप बनाएर आएका एक यात्रीलाई पक्राउ गरेका थिए । बरामद सुनको मूल्य ४० लाख रुपैयाँ पर्ने बताइएको छ । रासस/एएनआई

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  १६:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro