site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
ट्रकको ठक्करबाट असईको मृत्यु, ट्रक चालक प्रहरी नियन्त्रणमा

काठमाडौं । उदयपुरमा ट्रकको ठक्करबाट प्रहरी सहायक निरीक्षक (असई) श्रीकुमार बस्नेतको मृत्यु भएको छ । चौदण्डीगढी नगरपालिका–९ स्थित मदन भण्डारी लोकमार्ग खण्डको ज्यामिरेमा आज दिउँसो मोटरसाइकलमा सवार बेलका नगरपालिका–२ भागलपुर प्रहरी चौकीका प्रमुख बस्नेतको ट्रकको ठक्करबाट निधन भएको हो । 

भागलपुरतर्फ फर्कंदै गर्दा चौदण्डीगढी–९ को ज्यामिरेमा चौदण्डीको बेल्टारबाट आउँदै गरेको ना४ख ६१८३ नम्बरको ट्रकले उनी सवार मोटरसाइकललाई ठक्कर दिएको थियो ।

गम्भीर घाइते बस्नेतलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिएको थियो । तर, उपचार सुरु गर्नुअघि नै बस्नेतलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।

ट्रक चालक विशाल परियार र ट्रकलाई इलाका प्रहरी कार्यालय बेल्टारले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  २३:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro