site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
किम जोङ उनले भने– मस्कोको लडाइँलाई पूर्ण समर्थन छ

काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उन र रुसी समकक्षी भ्लादिमिर पुटिनबीच बुधबार रुसी अन्तरिक्ष केन्द्रमा एक घण्टाभन्दा बढी समय वार्ता भएको छ ।

अमेरिकी अधिकारीहरूले दुई नेताबीचको हतियार सम्झौतामा युक्रेनविरुद्ध प्रयोग गर्न मस्कोलाई प्योङयाङले हतियार उपलब्ध गराउन सक्ने टिप्पणी गरेका छन् ।

पुटिनले पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै उत्तर कोरियालाई भूउपग्रह र रकेट प्रक्षेपण गर्न रूसले मद्दत गर्ने बताएका छन् ।

यस्तै किमले आफू सधैँ रुसको साथमा रहने बताएका छन् । उनले रुसको ‘पवित्र लडाइँलाई आफ्नो देशले ‘पूर्ण र बिनासर्त मद्दत’ गर्ने टिप्पणी गरेका छन् ।

यसअघि उत्तर कोरियाले बुधबार बिहान दुई छोटो दुरीका ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाली अधिकारीहरूले बताएका छन् ।

रुसले उत्तर कोरियाली नेता किम जोङ उनको भ्रमणको सम्मानमा बुधबार भव्य आधिकारिक रात्रभिोजको आयोजना गरिरहेको रुसी सरकारी समाचार एजेन्सी तासले जनाएको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, पुटिन र किमले कुनै कागजातमा हस्ताक्षर गर्ने योजना नरहेको बताएका छन् ।

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १५:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro