site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सिन्धुलीमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह
फाइल तस्बिर ।

काठमाडौं । सिन्धुलीमा मंगलबार दिउँसो भारी वर्षा मापन गरिएको छ । पछिल्लो तीन घण्टामा सिन्धुलीमाढी, सिन्धुलीगढी वर्षा मापन केन्द्र र आसपासका क्षेत्रमा भारी वर्षा भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

सो स्थान भई बहने साना खोलामा जलसतह बढ्ने सम्भावना छ । कमजोर र भिरालो जमिनमा पहिरोको जोखिम रहेको महाशाखाले जनाएको छ । सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

“भदौ २६ साँझ ४ः१५ बजे । पछिल्लो एक–तीन घण्टामा सिन्धुली जिल्लाको सिन्धुलीमाढी, सिन्धुलीगढी वर्षा मापन केन्द्र र आसपासका क्षेत्रमा भारी वर्षा भएको हुँदा उक्त स्थान भई बहने स–साना खोलामा जलसतह केही बढ्न सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेको हुनाले  सतर्कता अपनाऔँ,” महाशाखाको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १७:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro