site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
गैरआवासीय नेपाली संघले भन्यो– नेम्वाङको निधन नेपालीका लागि अपूरणीय क्षति

काठमाडौं । गैरआवासीय नेपाली संघले संविधानसभाका अध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनको खबरले संघ अत्यन्त मर्माहत र स्तब्ध भएको जनाएको छ ।

“विशेषतः गैरआवासीय नेपालीका मुद्दाका जानकार, अत्यन्त सहयोगी, विदेशमा बस्ने नेपालीहरुसँग सदैव सद्भाव राख्ने, निकै शालिन र भद्र स्वभावका नेम्वाङको निधनले समग्र नेपाल र नेपालीलाई अपूरणीय क्षति पुर्‍याएको छ,” संघले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

गैरआवासीय नेपाली नागरिकताको मागलगायत गैरआवासीय नेपालीका अन्य सरोकार सम्बोधनका लागि उनले निर्वाह गरेको सक्रिय, सन्तुलित र समन्वयकारी भूमिका सदा स्मरणीय रहने संघले जनाएको छ ।

संघले विज्ञप्तिमा भनेको छ, “भौतिक रुपमा हामीमाझ नरहे पनि उहाँको असल कर्म र योगदानलाई हामी सदा सम्झिरहने छौँ ।”

संघले दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १६:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro