site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
लिबियामा बाढीका कारण दुई हजार बढीको मृत्यु

काठमाडौं । पूर्वी लिबियामा आइतबार आएको बाढीका कारण दुई हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।

बाढीमा परी हजारौँ मानिसहरू बेपत्ता भएको लिबियाका प्रधानमन्त्री ओसामा हम्मादले बताएका हुन् ।

स्थानीय सञ्चारमाध्यमसँगको कुराकानीमा हम्मादले धेरै मृत्यु बन्दरगाह सहर डेरनामा भएको बताए ।

उनले देशभरका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई उद्धार कार्यमा सहयोग गर्न आग्रह गरेका छन् ।

त्यस्तै, उपप्रधानमन्त्री अली अल गात्रानीले अन्तर्राष्ट्रिय सहायताको लागि आह्वान गरे । स्थानीय प्रशासनले मृतकको सम्झनामा तीन दिने शोक घोषणा गरेको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १६:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro