site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पत्रकार पराजुलीको निधनप्रति महासंघले गर्‍यो दुःख व्यक्त

काठमाडौं । नेपाल पत्रकार महासंघले अग्रज पत्रकार तथा साहित्यकार राजेन्द्र पराजुलीको निधनप्रति दुःख व्यक्त गरेको छ ।

“उहाँको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु, ऊर्जाशील र अनुभवी पत्रकार गुमाउनुका साथै महासंघले सक्रिय सदस्य गुमाएको छ भने साहित्य क्षेत्रले एक कुशल साहित्यकार गुमाएको छ,” महासंघद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।

पराजुलीको उपचारका क्रममा ५९ वर्षको उमेरमा मंगलबार बिहान ललितपुरको ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा मृत्यु भएको थियो ।

ज्वरो र निमोनियाबाट थलिएका पत्रकार पराजुलीलाई उपचारका लागि बीएन्डबी अस्पतालमा भर्ना गरिएको थियो ।

तीन दशकदेखि पत्रकारितामा सक्रिय पराजुलीले राजधानी दैनिक, नेपाल समाचारपत्र, अभियान दैनिक, आर्थिक दैनिक, नागरिक दैनिकलगायत मिडियामा काम गरेका थिए । उनले बाह्रखरी, देखापढी, फरकधार अनलाइनसहित विभिन्न टेलिभिजन र एफएममा जिम्मेवार तहमा रहेर काम गरेका थिए ।

साहित्य क्षेत्रमा समेत सक्रिय पत्रकार पराजुलीको ‘कोटेश्वरको केटो, ‘शुक्रराज शास्त्रीको चस्मा’, ‘अघोरी’, ‘अनायिका’, ‘जाडोको भोक’, ‘सपनामा मार्क्स’, ‘विकल्प यात्रा’ लगायत साहित्यिक कृति प्रकाशित छन् । पछिल्लो समय उनको ‘जन्तरमन्तर’ कथासंग्रह सार्वजनिक भएको थियो ।

“महासंघ स्वर्गीय पत्रकार पराजुलीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्दछ,” महासंघले भनेको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १४:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro