site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
डेंगीका बिरामीले के खाने, के नखाने ?

काठमाडौं । पछिल्लो समय नेपालमा डेंगी संक्रमण प्रकोपको रूपमा फैलिरहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार यो वर्ष जनवरीयता सेप्टेम्बर ७ सम्म २४ हजार ८४२ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । १४ जनाको मृत्यु भइसकेको छ । 

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका प्रमुख कन्सल्ट्यान्ट फिजिसियन डा. विमल चालिसेका अनुसार यदि सिकिस्त डेंगी संक्रमण देखिएमा प्लेटलेट्स, हेमोग्लोबिन, ह्वाइट ब्लड सेल्स घटेर जानेलगायत कलेजोमा असर पनि देखिन सक्छ । यस्तो अवस्थामा बिरामीलाई आईसीयूमा राखेर उपचार गर्ने गरिएको छ । तर, संक्रमितमध्ये ७५ प्रतिशतमा मात्रै लक्षण देखिने र सामान्य असर देखिने  हुन सक्ने डा. चालिसे बताउँछन् । 

सामान्यतया ज्वरो नभएको अवस्थामा सामान्य खानेकुरा खान मिल्ने भए पनि झोलिलो र पोषणयुक्त खानेकुरामा जोड दिन डा. चालिसेको सुझाव छ । पखाला र वान्ता भएका संक्रमितमा डिहाइड्रेसन (शरीरमा पानीको मात्रा कम भएर समस्या देखिनु) हुने भएकाले जीवनजल पानी पिइरहन चिकित्सकहरू सुझाव दिन्छन् । डेंगी संक्रमितका लागि ‘नेसनल न्युट्रेसन काउन्सिल अफ चाइना’ले तयार पारेको मार्गनिर्देशनअनुसार खान हुने र नहुने खानेकुराको सूची यस्तो छ । 

के खानुपर्छ ?

  • पानी र झोलजन्य पदार्थ ।
  • क्यालोरीयुक्त खानेकुरा : भात, आलु, दुध आदि ।
  • आइरनयुक्त खानेकुरा : कलेजो भएको मासु, हरियो सागपात र मिनरल भएका खानेकुराहरू ।
  • भिटामिन सी पाइने खानेकुरा : भुइँकटहर, मेवा, कागती आदि । 
  • भिटामिन के पाइने खानेकुरा : केरा, प्याज, बन्दा, काँक्रो आद । 

के खान हुँदैन ?

  • चकलेट, चकलेटजन्य ड्रिङ्क्स, बट्टामा राखिएका जुस ।
  • धेरै चिल्लो भएका र पचाउन गाह्रो हुने खाने कुराहरू । 
  • मसालेदार खानेकुराहरू ।
  • चिया, कफी तथा कफीजन्य पदार्थहरू ।

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  ०५:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro