site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
जी–२० सम्मेलनमा ऋषि सुनकले जितेको मन 

काठमाडौं । भारतमा सेप्टेम्बर ९ र १० मा विश्वका प्रमुख २० अर्थतन्त्रहरुको समूह जी–२० को शिखर सम्मेलन सम्पन्न भएको छ । जी–२० मा अफ्रिकन युनियन सामेल भएको छ भने सम्मेलनको संयुक्त घोषणापत्रमा सबै सदस्य राष्ट्रको नेता सहमत भएका छन् ।

जी–२० शिखर सम्मेलनमा बेलायतका प्रधानमन्त्री ऋषि सुनकका गतिविधिहरुले विश्वकै ध्यान खिचेको छ । जी–२० सम्मेलनमा सुनक र उनकी पत्नी अक्षता मुर्तिका तस्बिरहरु अहिले सामाजिक सञ्जालदेखि मिडियासम्म चर्चामा रहेका छन् । 

rishi3-1694435769.jpg

जोडीले अक्षरधाम मन्दिरमा गएर दर्शन गरेको विषयले भारतीय नागरिकको मन जितेको छ । उक्त तस्बिर नेपालमा पनि भाइरल भइरहेको छ । राजनीतिक दृष्टिकोणबाट मात्रै नभएर सुनक र उनकी पत्नीको पहिरन, उपस्थिति र सौहार्दताले यो जोडीको ‘क्यामेस्ट्री’समेत प्रशंसनीय बनेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रधानमन्त्रीका रुपमा सुनकको यो पहिलो भारत भ्रमण थियो । दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने बित्तिकै उनले तस्बिर सेयर गरी खुसी व्यक्त गरेका थिए । सुनकले ‘कोट–पाइन्ट’ लगाएका थिए भने, अक्षताले सर्ट र लामो स्कर्ट लगाएकी थिइन् । 

सुनकको टाइ मिलाउँदै गरेको तस्बिर र उनीहरु दुवैबीचको प्रेम झल्काउने फोटोहरु सामाजिक सञ्जालमा विश्वभर चर्चामा रहे ।  दिल्लीको ‘डिनर डेट’मा सँगै हात समातेर हिँडिरहेको तस्बिरले झनै चर्चा पाएको थियो । त्यसपछि अक्षरधाम मन्दिरमा गएको जोडीले त्यहाँ पूजा गरेका तस्बिरहरुले उनीहरुको धार्मिक आस्थालाई विशेषरुपमा झल्काएको छ ।

rishi4-1694435769.jpg

ऋषि सुनक र अक्षता मुर्तिको भारत भ्रमणले राजनीतिक मामिला भन्दा पर धार्मिक आस्था, भारतसँगको सौहार्द सांस्कृतिक सम्बन्ध र एक सुन्दर जोडीको उदाहरण जस्ता भाव झल्काएको छ ।

यसभन्दा थप बंग्लादेशकी प्रधानमन्त्री शेख हसिनासँग घुँडा टेकेर कुराकानी गरिरहेको सुनकको तस्बिरले उनको नैतिकता र महानताका रुपमा चर्चा पाएको भारतीय सञ्चारमाध्यममा प्रकाशित समाचारमा उल्लेख छ ।
सामाजिक सञ्जालमा व्यापकरुपमा सेयर भइरहेको यो तस्बिरमा मानिसहरुले सुनकलाई ठूलो हृदय र नम्रता भएको व्यक्ति भनेर टिप्पणी गरिरहेका छन् ।

rishi1-1694435768.jpg

फोटोमा बंग्लादेशकी प्रधानमन्त्री हसिना कुर्सीमा बसिरहेको देखिन्छ भने, उनीसँग कुरा गर्न सुनकले आफ्नो एउटा खुट्टाको घुँडा टेकाएका छन् । सुनकले मिडियासँगको अन्तरक्रियाका क्रममा आफु ‘हिन्दु र भारतीय मुलको हुनुमा निकै धेरै गर्व’ भएको भनेका छन् ।

rishi2-1694435768.jpg

सुनकको भारतीय जरा 

सुनकका बुवा यशवीर सुनक र आमा उसा सुनक भारतमा बेलायती शासन अन्तर्गत नै रहेका बेला भारतबाट केन्या गएका थिए ।  त्यहाँबाट सन् १९६० को दशकमा उनीहरु बेलायत सरेका थिए । सन् १९८० मा बेलायतमै सुनकको जन्म भएको थियो ।

भारतीय मूलका बेलायती प्रधानमन्त्री सुनककी पत्नी भारतीय नागरिक हुन् । सुनककी पत्नीका बुवा अर्बपति एवं इन्फोसिस कम्पनीमा संस्थापक एन.आर. नारायण मुर्र्ति र उनकी आमा सुधा मुर्ति पनि भारतमै जन्मेका थिए ।

सुनक एसियाली मूलको पहिलो बेलायती प्रधानमन्त्री पनि हुन् ।
 

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १८:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro