site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
मुगुमा पुग्यो राष्ट्रिय प्रसारणलाइनको विद्युत्

काठमाडौं । कर्णाली प्रदेशको मुगु विद्युत्को राष्ट्रिय प्रणालीमा (ग्रीड) जोडिएको छ ।

नेपाल विद्युत् प्राधिकरणले कालीकोटबाट जुम्ला पुर्‍याइने ३३ केभी प्रसारणलाइनलाई नाग्मा भन्ने ठाउँमा ‘ट्यापिङ’ गरेको छ । त्यहाँबाट करिब ८५ किलोमिटर लाइन निर्माण गरी मुगुको सदरमुकाम गमगाडसम्म विद्युत् पुर्‍याइएको प्राधिकरणले जनाएको छ ।

आइतबारदेखि प्राधिकरणले गमगाडलगायत क्षेत्रमा राष्ट्रिय प्रसारणलाइनबाट विद्युत् आपूर्ति दिन सुरु गरेको छ । योसँगै ७७ मध्ये ७६ जिल्लामा राष्ट्रिय ग्रडीको विद्युत् पुगेको छ । यसअघि, प्राधिकरणले ४०० किलोवाटजडित क्षमताको गमगाड साना जलविद्युत् आयोजनाबाट उत्पादन गरी गमगढी र आसपासका क्षेत्रमा विद्युत् आपूर्ति गर्दै आएको थियो ।

अब कर्णाली प्रदेशको हुम्ला जिल्ला मात्र राष्ट्रिय प्रसारणलाइनमा जोडिन बाँकी छ ।

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १२:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro