site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौंमा प्रहरीमाथि ‘हातपात’ गर्ने युवक पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । काठमाडौंमा प्रहरीमाथि हातपात गरेको आरोपमा एकजना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१०, बुद्धनगरमा बस्दै आएका सिन्धुलीको मरिण गाउँपालिका–४ का ३० वर्षीय राजकुमार घिसिङलाई शनिबार राति प्रहरीले नियन्त्रणमा लिएको हो । 

काठमाडौं–३१, शंखमूलमा तीव्र गतिमा आएको बा३७प ६४३२ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा घिसिङले प्रहरीप्रति अपशब्द प्रयोग गरेका थिए । वादविवादपश्चात् उनले प्रहरीमाथि नै हातपात गरेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १३:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro