site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
हिमालय एयरलाइन्सले काठमाडौं–छिङ्डाओ उडान सुरु गर्दै
फाइल तस्बिर ।

काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौंबाट चीनको छिङ्डाओमा सिधा उडान सुरु गर्ने भएको छ । 

आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै एयरलाइन्सले यसबारेमा जानकारी गराएको हो । 

पत्रकार सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, नेपालका लागि चिनियाँ राजदुत छन् सोङ लगायतको उपस्थिति रहेको थियो । 

पत्रकार सम्मेलनमा बोल्दै मन्त्री किरातीले चीनको छिङ्डाओमा सिधा उडान भर्न लागेकोमा खुसी व्यक्त गरे । 

उनले उक्त विमानस्थल बीआरआई परियोजनाको भूमि भएको नाताले महत्वपूर्ण रहेको बताए । धेरै चिनियाँ नागरिकलाई पाहुनाको रूपमा नेपाल भित्र्याउन सके र ग्रामीण संस्कृतिको जरासम्म पुर्‍याउनसके पर्यटन क्षेत्रमा नयाँ गन्तव्य बन्ने बताए । 

चीनका विभिन्न सहरबाट पोखराको सहरमा उडान गर्नको लागि चिनियाँ राजदुतसँग आग्रह गरे । 

मन्त्री किरातीले काठमाडौं–पोखरा–चीनसम्म उडान गर्ने वातावरण मिलाउन सके नेपालमा पर्यटन क्षेत्रले नयाँ इँटा थप्ने विश्वास व्यक्त गरे । 

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १०:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro