site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
साँफे–मार्तडी सडक अवरुद्ध
प्रतीकात्मक तस्बिर ।

बाजुरा । साँफे–मार्तडी सडक अवरुद्ध भएको छ । शनिबारदेखिको वर्षापछि अम्कोटमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

बाजुरा सदरमुकाम मार्तडी जोड्ने सडक गए रातिदेखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिए । अम्कोटमा लगातार ढुंगामाटोसहितको लेदो झरिरहेकाले पन्छाउन सम्भव नभएको उनले बताए ।

लगातार वर्षा भइरहेकाले पहिरो पन्छाउने काममा अवरोध भएको छ । वर्षा रोकिएपछि पहिरो हटाएर सडक नियमित रूपमा सञ्चालन गर्न पहल गरिने प्रहरी निरीक्षक भण्डारीले बताए ।

पहिरोका कारण लामो तथा छोटो दूरीका सवारीसाधन बाटोमै ठप्प छन् । रासस

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १०:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro