site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
मोरक्को भूकम्प : मृत्यु हुनेको संख्या दुई हजार नाघ्यो
तस्बिर : बीबीसी ।

काठमाडौं । मोरक्कोमा गएको शक्तिशाली भूकम्पमा परेर मृत्यु हुनेको संख्या दुई हजार नाघेको छ । उस्तै संख्यामा घाइते भएका छन् ।

भूकम्पमा परी दुई हजार १२ भन्दा बढीको ज्यान गएको छ । दुई हजार ५९ जना घाइते भएका छन् । धेरैको संख्यामा घरबारविहीन भएपछि अधिकारीहरूले शनिबार तीन दिने राष्ट्रिय शोकको घोषणा गरेका छन् ।

आन्तरिक मन्त्रालयका अनुसार एक हजार ४०० भन्दा बढी गम्भीर घाइते भएका छन् । सबैभन्दा धेरै माराकेशको दक्षिणमा पर्ने प्रान्तहरूका छन् ।

उनीहरूको उपचार भइरहेको छ । भूकम्पबाट ठूलो संख्यामा मानिसहरू घाइते भएपछि उपचारका क्रममा रगत अभाव हुँदा रक्तदानका लागि माराकेशमा हजारौँ मानिस लामबद्ध भएका छन् ।

मोरक्कोमा शुक्रबार राति ११ः११ बजे गएको ६.८ म्याग्निच्युडको भूकम्पबाट भयभीत मोरक्कोली मध्यरातमा घर छोडेर भागेका थिए । अहिले पनि अधिकांश घरबाहिर त्रिपाल टाँगेर बसिरहेका छन् ।

उद्धारकर्ताहरूले भग्नावशेषमा पुरिएकाहरूको खोजी तथा उद्धार र राहतका काम सँगसँगै गरिरहेका छन् ।

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  ०७:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro