site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विवाह गर्ने भन्दै ‘बलात्कार’
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । झापामा बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कनकाई नगरपालिका–३, सुरुंगाका २३ वर्षीय महमद कमाल छन् ।

२२ वर्षीया महिलाको बलात्कार गरेको आरोपमा शुक्रबार (हिजो) साँझ उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

कमालले ती महिलालाई विवाह गर्ने आश्वासन दिँदै अर्जुनधारा नगरपालिका–११ स्थित सालबाडी जंगलमा लगेर बलात्कार गरेको आरोप छ । सो उजुरीका आधारमा इलाका प्रहरी कार्यालय सुरुंगाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो ।

कञ्चनपुरमा बलात्कारको आरोपमा पक्राउ
कञ्चनपुरमा पनि बलात्कारको आरोपमा एकजना पक्राउ परेका छन् । ३५ वर्षीया महिलाको बलात्कार गरेको आरोपमा बेलौरी नगरपालिका–२, टेडुवाका २५ वर्षीय कञ्चन चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  १६:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro