site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
चैत/वैशाखमा जस्तै बिजुली चम्किनु र चट्याङ पर्नु सामान्य हो ?

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले शुक्रबार जारी गरेको नियमित बुलेटिनअनुसार देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

आज दिउँसो कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । मधेस प्रदेश तथा कोसी प्रदेशको तराई भू–भागका थोरै स्थानमा हावाहुरीको सम्भावना छ ।

विभागको बुलेटिनमा राति देशभर आंशिकदेखि सामान्य बदली रहने उल्लेख छ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशका तराई भू–भागका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

मनसुनमा पनि प्रि–मनसुन अर्थात् चैत/वैशाखमा जस्तो बिजुली चम्किने र चट्याङ पर्ने हुन्छ ? 
मनसुनमा बिजुली चम्किनु र चट्याङ पर्नुलाई सामान्य रूपमा लिनु पर्ने मौसमविद्ले बताएका छन् । 

मनसुनको न्यूनचापीय रेखा तल (दक्षिणतिर) सरदर स्थानमा भन्दा पनि तल रहेका कारण केही दिनयता बिजुली चम्किने र चट्याङ परिरहेको मौसमविद् बिनु महर्जन बताउँछिन् । 

“जमिन तातिएर बनेको बादलले बिजुली चम्किने, पानी पार्ने र चट्याङ पर्ने हुन्छ,” उनी भन्छन्, “तर, यो निरन्तर नरहेकाले केही–केही ठाउँमा मात्रै मेघगर्जनसहित चट्याङ पर्ने भइरहेको छ ।” 

चैत/वैशाखमा मात्रै बिजुली चम्किने र चट्याङ पर्छ भन्नु गलत भएको उनको भनाइ छ । 

जमिन तातिएर बनेको बादलका कारण बिजुली चम्किने, वर्षा हुने र चट्याङ पर्नेक्रम प्रि–मनसुनमा बढी हुने उनको भनाइ छ ।

“मनसुनमा भने बंगालको खाडीबाट जलवास्प आइरहेको हुन्छ । र, यहाँ जमिन पनि तातेपछि यस्तो खालको प्रणाली बन्छ,” मौसमविद् महर्जन भन्छिन्, “तर, यो असमान्य होइन । हरेक वर्षको मनसुनमा हुन्छ ।” 

हरेक दिन उत्तिकै तहमा विकास हुने प्रणाली नभएका कारण झरी परेजस्तो देशैभर समान रूपमा एकै पटक बिजुली चम्किने र चट्याङ भने नपर्ने उनी स्पष्ट पार्छिन् । 

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  १५:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro