site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सीटीनेट नेपाल च्याप्टरको नेतृत्व विराटनगरलाई

विराटनगर । महानगर तथा नगरपालिकाहरूको अन्तर्राष्ट्रिय संगठन (सीटीनेट)को नेपाल च्याप्टरको नेतृत्व विराटनगर महानगरपालिकाले प्राप्त गरेको छ ।

विश्वमा बढ्दो तीब्र सहरीकरण एवम् जनसंख्या वृद्धिको नकारात्मक असरलाई मध्यनजर गरी एसिया तथा प्रशान्त क्षेत्रका सहरी विकाससँग सम्बन्धित संस्थाहरूको सञ्जालको नेतृत्व गर्न सन् १९८७ मा सीटीनेट स्थापना भएको हो ।

विराटनगरमा सम्पन्न संगठनको वार्षिक साधारणसभा एवम् अधिवेशनले अबको नेतृत्व विराटनगरलाई प्रदान गर्ने निर्णय गरेको हो ।

जापानमा स्थापित यस संस्थामा मलेसिया, श्रीलंका, भारत, नेपाल, इन्डोनेसिया, फिलिपिन्सलगायत १९ देश सञ्जालमा  जोडिएका छन् । विराटनगरको नेतृत्वमा रहने कार्यसमितिमा  ११ नगरपालिका र दुईवटा संस्थासमेत रहेका छन् ।

उपाध्यक्षमा बुटवल उपमहानगरपालिका, महासचिव तानसेन नगरपालिका, कोषाध्यक्ष भीमदत नगरपालिका छन् ।

सदस्यहरूमा पोखरा महानगरपालिका, भरतपुर महानगरपालिका, वीरगन्ज नगरपालिका, वीरेन्द्रनगर नगरपालिका, जितपुरसिमरा उपमहानगरपालिका, ललितपुर महानगरपालिका, हेटौडा उपमहानगरपालिका, इन्सेक नेपाल, भूकम्प प्रविधि समाज नेपाल छन् । 

हेटौडा उपमहानगरपालिकामा भने सचिवालय रहनेसमेत निर्णय भएको सीटीनेट नेपालकी राष्ट्रिय अध्यक्ष मीनाकुमारी  लामाले जानकारी दिइन् ।

यसका एक लाख र त्यसभन्दा बढी जनसंख्या भएका नगरपालिका सदस्य रहने व्यवस्था भएको उनले जानकारी दिइन् । नेपालका २१ वटा नगरपालिका सीटीनेटको सदस्य बनिसकेका छन् ।

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  २०:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro