site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
साना तथा घरेलु उद्यमीहरूको संरक्षण गर्नु सरकारको पहिलो कर्तव्य : मन्त्री रिजाल

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले साना तथा घरेलु उद्यमीहरूको संरक्षण गर्नु सरकारको पहिलो कर्तव्य भएको बताएका छन् । 

बुधबारदेखि पाँच दिनका लागि ललितपुरमा सुरु भएको महिला उद्यमी मेला–२०८० उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री रिजालले मुलुकको लागि महिला र पुरुष दुवै उद्यमीहरूको खाँचो रहेको बताए । 

मन्त्री रिजालले उद्यमीहरूको योगदान बिना मुलुक समृद्ध हुन नसक्ने बताए । आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकार र निजी क्षेत्रबीच समन्वय र सहकार्य हुन जरुरी रहेको उल्लेख गरे । 

उनले नेपाल सरकारले साना तथा मझौला व्यवसायीलाई प्रवर्द्धन गर्ने उदेश्यले रोजगारी र सीपमुलक तालिमहरू प्रदान गर्दै आएको बताए । कृषि तथा वनपैदावर स्थानीय कच्चा पदार्थमा आधारित उद्योगहरूलाई सहयोग गरिरहेको उल्लेख गरे । 

उनले लघु, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुलाई स्थानीय तथा अन्तर्राष्ट्रिय बजारमा पहुँच पुर्‍याउनको लागि विभिन्न व्यापार मेलामा उद्यमीहरूलाई सहभागिता गराउने कार्य गर्दै आएको दाबी गरे ।

मन्त्री रिजालले साना तथा मझौला उद्यमीहरुरूलाई प्रवर्द्धन गर्न नीतिगत सुधार, स्वदेशी वस्तुको प्रवर्द्धन, बजारीकरण र व्यवसायिक सहज वातावरण बनाउन सरकारले कार्ययोजना बनाइरहेको जानकारी दिए । 

प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  १५:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro