site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
रुसलाई हतियार उपलब्ध गराउन पुटिनलाई भेट्दै किम जोङ उन

काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उनले यसै महिना रुसको भ्रमण गरी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्ने तयारी भइरहेको बताइएको छ ।

भेटमा दुई नेताबीच युक्रेनमा युद्ध लडिरहेको रुसलाई उत्तर कोरियाले हतियार उपलब्ध गराउने सम्भावनाबारे छलफल हुने बताइएको छ । उनीहरूबीचको भेटवार्ताको स्थान तय भइनसकेको बीबीसीले जनाएको छ ।

उत्तर कोरियाबाट नजिक पर्ने भएका कारण रुसी बन्दरगाह सहर भ्लादिभोस्तोक आसपास भेटवार्ता हुन सक्ने द गार्जियनले उल्लेख गरेको छ ।

उत्तर कोरिया र रुसका तर्फबाट यो भेटका विषयमा कुनै टिप्पणी गरिएको छैन । न्युयोर्क टाइम्सले स्रोतलाई उद्धृत गर्दै किमले सशस्त्र सुरक्षासहितको रेलबाट यात्रा गर्न सक्ने उल्लेख गरेको छ ।

अमेरिकी राष्ट्रपतिको आधिकारिक निवास एवं कार्यस्थल ह्वाइट हाउसले दुई देशबीच पछिल्ला दिनमा हतियार वार्ता सक्रिय रूपमा अगाडि बढेको जनाएको छ । ह्वाइट हाउसको यो टिप्पणीपछि दुई नेताबीच भेटवार्ता हुने विषय बाहिरिएको हो ।

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  ११:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro