site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
यी जिल्लाका नदीमा बहाव बढ्न सक्ने
तनहुँस्थित सेती नदीको दृश्य । फाइल तस्बिर ।

काठमाडौं । देशका अधिकांश ठूला नदीमा आज पानीको बहाव सामान्य घटबढ हुने पूर्वानुमान छ । केही साना नदीमा बहाव बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

रामेछाप, दोलखा, सिन्धुपाल्चोक, पाल्पा, प्युठान, रुकुम पूर्व, रुकुम पश्चिम, हुम्ला, मुगु, बझाङ, बाजुरा, दार्चुला र सुर्खेत भई बहने केही साना नदीमा बहाव बढ्न सक्ने महाशाखाको पूर्वानुमान छ । नदीतटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

अबका तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली, कन्काई, वाग्मती, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा जलसतह सामान्य घटबढ हुने महाशाखाले जनाएको छ ।

wefg-1693884975.jpg

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  ०९:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro