site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अमेरिकाको पूर्वी टेक्सासमा डढेलोले जनजीवन प्रभावित

काठमाडौं । अमेरिकाको पूर्वी टेक्सासस्थित हन्ट्सभिलेमा तीव्र गतिमा फैलिएको डढेलोका कारण जनजीवन प्रभावित भएको छ ।

गएको शुक्रबारदेखि फैलिएको डढेलोका कारण सडक अवरुद्ध हुनुका साथै स्थानीयलाई स्थानान्तरण गरिएको छ । अहिलेसम्म जनधनको कुनै क्षति नभएको बताइएको छ । डढेलोले १२ सय एकड क्षेत्रफल जलेको जनाइएको छ ।

आगोका कारण जंगलका रुखहरू सुकेका छन् । जीवजन्तुको धेरै क्षति भएको बताइएको छ । आगो अझै बढ्न सक्ने जनाइएको छ ।

पछिल्लो केही समययता कम वर्षाका कारण अमेरिकामा डढेलो लागिरहेको छ । अधिकारीहरूले ३६३ वर्गकिलोमिटरभन्दा बढी जंगलमा डढेलो लाग्न सक्ने बताएका छन् । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १४:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro