site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सुरेन्द्र पाण्डेको प्रश्न– मीनबहादुर गुरुङ भाटभटेनीको बिल्डिङ बोकेर भाग्छन् ? 
फाइल तस्बिर ।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले व्यवसायी मीनबहादुर गुरुङलाई हिरासतमा राखेर गलत गरिएको बताएका छन् ।

आइतबार काठमाडौंमा नेपाल उद्योग तथा व्यवसायी महसंघले आयोजना गरेको आर्थिक क्षेत्रका विद्यमान समस्या र चुनौती विषयमा कार्यक्रममा उनले गुरुङलाई बाहिर नै राखेर अनुसन्धान गर्नुपर्नेमा जोड दिए ।

यो घटनाले आमव्यवसायीलाई त्रासमा राखेको उनको भनाइ छ । “सरकारले व्यवसायी मीनबहादुरलाई हिरासतमा राखेर गलत गरेको छ । उनको देशभर २८ (खासमा २५) वटा भाटभटेनी छन्, ती भाटभटेनीका बिल्डिङ बोकेर उनी भग्छन् ?,” पाण्डेले प्रश्न गरे, “व्यवसायीलाई अपराधीजस्तो व्यवहार भयो, यो गलत हो । यसले व्यवसाय वृद्धि हुँदैन । यो सच्याउनुपर्छ ।”

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १६:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro