site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
आठ महिनामा नेपालमा ६ लाख पर्यटक भित्रिए, भारतपछि दोस्रो बजार चीन

काठमाडौं । नेपालमा सन् २०२३ को आठ महिनामा ६ लाख बढी पर्यटक भित्रिएका छन् ।

नेपाल पर्यटन बोर्डका अनुसार अगष्टसम्ममा ६ लाख एक हजार ३६० पर्यटक हवाईमार्ग हुँदै नेपाल आएका हुन् ।

कोरोना महामारीको कारण ठप्प बनेको पर्यटन क्षेत्र विस्तारै चलायमान हुँदै गएको बोर्डको तथ्यांकले देखाएको छ ।

अगष्टमा मात्र ६७ हजार बढी पर्यटक नेपाल भित्रिएका छन् । जबकी २०२२ को यही महिनामा ४१ हजार ३०४ पर्यटक नेपाल आएका थिए ।

यस्तै, २०२१ अगष्टमा ६ हजार ९३ विदेशी पर्यटकले नेपालको भ्रमण गरेको बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिए ।

कुन महिनामा कति ?
जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार २५५, मार्चमा ९९ हजार ४२६ र अप्रिलमा ९८ हजार ७७३ जना पर्यटक हवाईमार्गबाट नेपाल आएको बोर्डले जानकारी दिएको छ ।

मेमा ७७ हजार ७०३, जुनमा ७२ हजार २५०, जुलाईमा ५७ हजार ७२६ पर्यटक नेपाल आएका छन् । अगष्टमा ६७ हजार १५३ पर्यटक नेपाल आएका छन् ।

सरकारले सन् २०२३ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या १० लाख पुर्‍याउने लक्ष्य लिएको छ । आठ महिनामा ६ लाख मात्र पर्यटक नेपाल आएका छन् । सरकारको लक्ष्य पुरा गर्न बाँकी चार महिनामा चार लाख पर्यटक नेपाल भित्रनुपर्छ ।

सन् २०२३ सकिन चार महिना बाँकी छ । उक्त समयवधिमा चार लाख पर्यटकले नेपाल भ्रमण गरेमात्र सरकारको लक्ष्य पुरा हुन्छ । सरकारले लिएको लक्ष्य पुरा हुनेमा धेरैको आशंका छ ।

तर, बोर्डमा निर्देशक लामिछाने सरकारको लक्ष्यभन्दा धेरै पर्यटकले नपाल भ्रमण गर्ने बताउँछन् ।

लामिछानेले सरकारले लिएको लक्ष्यभन्दा धेरै पर्यटक नेपाल भ्रमण गर्नेसमेत दाबी गरे । पर्यटकको लागि विस्तारै सिजन सुरु हुने उनले बताए ।
अहिलेसम्मको पर्यटन आगमन तथ्यांकअनुसार नेपालमा अक्टोबर र नोभेम्बर धेरै पर्यटक आउने उनले बताए ।

सोहीअनुसार यस वर्षमा पनि अक्टोबर र नोभेम्बरमा पर्यटकको संख्या उल्लेख रूपमा वृद्धि हुने दाबी गरे ।

tourist-arraival-photo-fin-1693565095.pngअगष्टमा कुन देशबाट कति पर्यटक आए ?
अगष्टमा सबैभन्दा धेरै भारतीय पर्यटक नेपाल आएका छन् । बोर्डको तथ्यांकअनुसार भारतबाट २६ हजार ६६५ पर्यटक नेपाल आएका छन् ।

दोस्रो स्थानमा चीन रहेको छ । चीनबाट पाँच हजार २७ पर्यटक नेपाल आएका छन् ।

यूएसएबाट चार हजार ६२९, श्रीलंकाबाट तीन हजार ८५८, बंगलादेशबाट तीन हजार १९०, यूकेबाट दुई हजार ७११, स्पेनबाट एक हजार ५८, जापानबाट एक हजार ५२०, इटलीबाट एक हजार ४९६ र अष्ट्रेलियाबाट एक हजार ३४७ पर्यटक नेपाल आएका छन् ।

पछिल्लो दुई महिनायताका तथ्यांकअनुसार चिनियाँ पर्यटक आगमनमा वृद्धि भएको छ ।

चिनियाँ बजारमा गरिएको प्रचारप्रसारले पर्यटक आगमनमा सुधार भएको निर्देशक लामिछानेले बताए ।

“चिनियाँ पर्यटक बढ्नुको कारण चीनमा गरिएको प्रचारप्रसार पनि हो । साथै, चीनले पर्यटन गतिविधि खुला गर्नुले पनि सकारात्मक सन्देश पायो । उडान थप पनि भयो, घुम्ने देशको टप १० मा नेपाललाई राख्नु लगाएतले नेपालमा बढेको हो,” निर्देशक लामिछानेले भने ।

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १६:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro