site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भक्तपुरमा एटीएम मेसिन तोडफोड गर्न खोज्ने पक्राउ
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । भक्तपुर नगरपालिका–१०, कमलविनायक भत्केको पाटीस्थित नबिल बैंकको एटीएम मेसिन तोडफोड गरी चोरी गर्न खोज्ने पक्राउ परेका छन् ।

दाङको बबई गाउँपालिका–२ बस्ने २४ वर्षीय पूर्णबहादुर खासुलाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरीले उनलाई एटीएम मेसिन तोडफोड गरी चोरी गर्न खोजेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनको साथबाट एक थान मार्तल, एक थान फलामको रड र एक थान ह्याक्सो प्रहरीले बरामद गरेको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  १९:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro