site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
जी–२० सम्मेलनमा चिनियाँ राष्ट्रपति सी अनुपस्थित हुन सक्ने
फाइल तस्बिर : रोयटर्स ।

काठमाडौं । भारतमा आउँदो सेप्टेम्बर ९ र १० मा हुने विश्वको प्रमुख अर्थतन्त्रको समूह जी–२० को शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङ अनुपस्थित हुन सक्ने बताइएको छ । भारतीय र चिनियाँ स्रोतलाई उद्धृत गर्दै रोयटर्सले यस्तो उल्लेख गरेको हो ।

नयाँ दिल्लीमा हुने शिखर सम्मेलनमा चीनका तर्फबाट प्रधानमन्त्री ली छ्याङले प्रतिनिधित्व गर्ने बताइएको छ ।

प्रत्येक वर्ष फरक सदस्य राष्ट्र जी–२० को अध्यक्ष हुने र उसैले सम्मेलन आयोजना गर्ने गरिएको छ ।

सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडन र सीबीच भेटवार्ता हुन सक्ने ठानिएको थियो । यसअघि, गएको नोभेम्बरमा इन्डोनेसियाको बालीमा भएको जी–२० शिखर सम्मेलनका बेला सी र बाइडेनबीच भेट भएको थियो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि आफू नयाँ दिल्लीमा हुने जी–२० शिखर सम्मेलनमा सहभागी नहुने र विदेशमन्त्री सर्गेई लाभरोभलाई पठाउने घोषणा गरिसकेका छन् ।

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  १२:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro