site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
यी जिल्लाका नदीमा आज बहाव बढ्न सक्ने
अरुण नदीको दृश्य । फाइल तस्बिर ।

काठमाडौं । देशका केही साना नदीमा आज पानीको बहाव बढ्न सक्ने पूर्वानुमान छ ।

इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, खोटाङ, ओखलढुंगा, सिन्धुली, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, मकवानपुर, कास्की, पर्वत, म्याग्दी, लमजुङ, बागलुङ र स्याङजा भई बहने केही साना नदीमा बहाव बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । नदीतटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

अबका तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली, कन्काई, वाग्मती, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा जलसतह सामान्य घटबढ रहने पूर्वानुमान छ ।

kadfm-1693453136.jpg

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  ०९:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro