site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सुन तस्करी प्रकरण  : अनुसन्धानका लागि एसएसपी आचार्य हङकङ गए

काठमाडौं । ६० किलो सुन तस्करीको अनुसन्धानका लागि सीआईबीका एसएसपी दिनेश आचार्य हङकङ गएका छन् । 

प्रहरीको अन्तर्राष्ट्रिय संगठनका इन्टरपोलसँगको  समन्वयमा उनी मंगलबार राति हङकङ गएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी कुबेर कडायतले जानकारी दिए । 

तस्करीबारे थप कुरा बुझ्न उनी हङकङ गएका हुन् । सुन तस्करी प्रकरणको अनुसन्धानलाई सीआईबी थप तीव्रता  दिएको छ । अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयले धनकुटाका एसपी कृष्ण कोइरालालाई समेत काठमाडौं बोलाएको छ । 

विशेष ब्यूरोको डीआईजी रामदत्त जीशीलाई पनि सुन तस्करीको अनुसन्धानमा समन्वयका लागि खटाइएको छ ।

साउन २ गते राजस्व अनुसन्धान विभागको टोलीले उक्त सुन बरामद गरेको थियो ।
 

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  ०८:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro