site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भारतको नेसनल डिफेन्स कलेजका वरिष्ठ निर्देशक र प्रधानसेनापतिबीच शिष्टाचार भेटवार्ता 

काठमाडौं । नेपाल भ्रमणमा रहेको भारतको नेसनल डिफेन्स कलेजका वरिष्ठ निर्देशक मनिशकुमार गुप्ताले प्रधानसेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेट गरेका छन् । 

भेटवार्ता सैनिक मुख्यालय जंगी अड्डास्थित प्रधानसेनापतिको कार्यकक्षमा भएको थियो । भेटमा द्विपक्षीय हित तथा आपसी चासोका विषयमा छलफल भएको जंगी अड्डाले जनाएको छ । 

भारतीय डिफेन्स कलेजका २७ जना शिक्षार्थीको नेतृत्व गर्दै गुप्ता नेपालको पाँच दिने भ्रमणमा आइतबार काठमाडौं आएका हुन् ।

जंगी अड्डाको भ्रमणका क्रममा उक्त टोलीलाई नेपाली सेनाको बारेमा जानकारी दिइएको थियो । 

भ्रमणदलले नेपाली सेनाका केही इकाइहरूका साथै काठमाडौं, पोखरा, लुम्बिनी र जनकपुरस्थित धार्मिक, साँस्कृतिक तथा पर्यटकीय स्थलहरूको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १८:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro