site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
तेह्रथुममा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । तेह्रथुमको म्याङलुङ नगरपालिका–१० मा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । 

आइतबार साँझ म्याङलुङबाट जिरीतर्फ जाँदै गरेको को. १४ प ८९२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । 

मृत्यु हुनेमा मोटरसाइकलका चालक म्याङलुङ नगरपालिका–८ का २२ वर्षीय संगम तामाङ र पछाडि सवार त्यही ठाउँका २५ वर्षीय सविन लिम्बू रहेका छन् । 

दुर्घटनामा घाइते भएका उनीहरूको उपचारको क्रममा जिल्ला अस्पताल म्याङलुङमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  ११:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro