site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन धेरैले बुझेनन् : गभर्नर अधिकारी
फाइल तस्बिर ।

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु पुँजी कर्जासम्बन्धी मार्गनिर्देशन अधिकांशले नबुझेको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित वित्तीय साक्षरता टेलिभिजन कार्यक्रम उद्घाटनका क्रममा उनले सो निर्देशिकामा धेरै राम्रा कुरा भए पनि कसैले बुझ्न नखोजेको जिकिर गरे ।

“चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन समग्र वित्तीय क्षेत्रकै हितमा छ । तर, त्यसको बारेमा धेरैले नबुझेको जस्तो लाग्यो । सम्बन्धित निकायले पढ्दै पढ्नु हुँदैन,” उनले भने, “वित्तीय साक्षरता सबैलाई आवश्यक छ । यो निरन्तर चलिरहने प्रक्रिया हो । तर, बैंकर्सहरूले पनि कतिपय प्रोडक्टहरू बुझ्नुभएको छैन ।”

हस्ताक्षरित नोटभन्दा डिजिटल कारोबारलाई प्राथमिकता दिने आफ्नो अभियान साकार हुँदै गएको पनि उनले बताए । वित्तीय साक्षरता कर्मचारीदेखि उच्चपदस्थ व्यक्तित्वलाई आवश्यक रहेको उनको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १४:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro