site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
सुडानको राजधानी खार्तुममा विस्फोट

काठमाडौं । सुडानको राजधानी खार्तुममा शनिबार ठूलो विस्फोट भएको छ ।

विमानस्थल, राष्ट्रपति भवन, सुडानी सशस्त्र बल (एसएएफ)को मुख्यालय लगायतका क्षेत्रमा आसपासमा विस्फोट भएको हो । एक प्रत्यक्षदर्शीले नाम नखुलाउने सर्तमा विस्फोट खार्तुम अन्तर्राष्ट्रिय विमानस्थल भित्र रहेको जेट इन्धन भण्डारमा भएको बताएका छन् ।

त्यस्तै, अर्का प्रत्यक्षदर्शीका अनुसार राष्ट्रपति भवन नजिकै विस्फोट भएको हो । र यकिन ठाउँ भने उल्लेख गरिएको छैन । सुडानमा १५ अप्रिलदेखि एसएएफ र आरएसएफ बीच सशस्त्र झडप जारी छ ।

जसमा तीन हजार बढीको मृत्यु भइसकेको छ भने ६ हजार बढी घाइते छन् ।

चार मिलियनभन्दा बढी मानिसहरू आफ्नो घर छोडेर भागेका छन् भने ३.२ मिलिय मानिस आन्तरिक रूपमा विस्थपित भएका छन् । घटनाको कारण र क्षतिबारे तथ्यांक आइसकेको छैन ।

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १०:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro