site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
यी क्षेत्रमा आज बाढीको जोखिम
फाइल तस्बिर ।

काठमाडौं । देशका केही सानाठूला नदीमा आज पनि पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।

हाल सप्तकोसी र यसका सहायक नदीहरू सुनकोसी, दूधकोसी र अरुणको जलसतह सतर्कता तह आसपास रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यी नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

अरू प्रमुख र सहायक नदीहरूको बहाव घट्ने पूर्वानुमान छ ।

आइतबार ताप्लेजुङ, पाँचथर, तेहथुम, संखुवासभा, ओखलढुंगा, उदयपुर, सिन्धुली, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, काभ्रेपलाञ्चोक, रसुवा, धादिङ, नुवाकोट, गोरखा, कास्की, पर्वत, लमजुङ, रुकुम पश्चिम, जाजरकोट, दैलेख, कालीकोट, अछाम, बाजुरा र बझाङ भई बहने केही साना नदीहरूमा पनि बहाव बढ्न सक्ने पूर्वानुमान छ ।

b11693106888.jpg

b21693106888.jpg

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  ०९:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro