site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
तीन घण्टामा यी स्थानमा भारी वर्षा
काठमाडौंको दृश्य । फाइल तस्बिर ।

काठमाडौं । नवलपरासीमा शनिबार बेलुका भारी वर्षा मापन गरिएको छ । पछिल्लो तीन घण्टामा परासी, सेमारी, तिलोत्तमा र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

सो क्षेत्र भई बहने साना खोलामा बहाव बढ्न सक्ने पूर्वानुमान छ । नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

“भाद्र ९ गते, राति ९ः४५ बजे । पछिल्लो तीन घण्टामा परासी (नवलपरासी), सेमारी (नवलपरासी), तिलोत्तमा रुपन्देही वर्षा मापन केन्द्र र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको छ,” महाशाखाको सूचनामा उल्लेख छ, “सो क्षेत्र भई बहने स–साना खोलाहरूमा आकस्मिक बहाव बढ्न सक्ने भएकाले नदीतटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागमा रहनुहुनेहरूले सतर्कता अपनाउनुहोला ।”

महाशाखाका अनुसार पछिल्लो तीन घण्टामा सुनसरीको धरान, मोरङको लेटाङलगायत स्थानमा पनि भारी वर्षा मापन गरिएको छ ।

“भाद्र ९ गते, राति ९ः१५ बजे । पछिल्लो तीन घण्टामा सुनसरीको धरान, सप्तकोसी चतरा, लेटाङ मोरङ वर्षा मापन केन्द्र र आसपासको क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको, बूढीखोला, सुनसरी खोला, खेसलिया खोलालगायत सो क्षेत्र भई बहने स–साना खोलाहरूमा जलसतह बढ्न सक्ने, आसपासका क्षेत्रमा सतर्कता अपनाइराखौँ,” सूचनामा भनिएको छ ।

प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  २२:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro