site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
टर्कीले मुद्रास्फिति नियन्त्रण गर्न बैंकको ब्याजदर २५ प्रतिशत पुर्‍यायो

काठमाडौं । टर्कीको केन्द्रीय बैंकले बिहीबार उच्च मुद्रास्फिति र मुद्राको उत्तारचढावविरुद्ध बैंकको ब्याजदर २५ प्रतिशत पुर्‍याएको छ । 

मौद्रिक नीति समितिले १७.५ प्रतिशतबाट बढाएर २५ प्रतिशत पुर्‍याउने निर्णय गरेको टर्कीको केन्द्रीय बैंकले जनाएको हो । 

हालका सूचकहरूअनुसार देशको मुद्रास्फिति अत्याधिक बढेको छ । मुद्रास्फितिमा सुधार नहुन्जेलसम्म मौद्रिक नीतिलाई कडा बनाउने बताइएको छ । 

बढ्दो मुद्रास्फितिलाई नियन्त्रण गर्न टर्कीले जुन महिनादेखि जुलाइसम्म आफ्नो नीतिदर दुई पटक बढाएको छ । जुन २२ मा केन्द्रीय बैंकले बैंकको ब्याजदर ८.५ प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्‍याएको थियो । जुलाई २० मा १५ बाट बढाएर १७.५ प्रतिशत पुर्‍याइएको थियो ।

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १४:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro