site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
तीन हप्ताअघि अष्ट्रेलिया पुगेकी किशोरीलाई मालिकले बलात्कार गरेको आरोप

काठमाडौं । अष्ट्रेलियामा काममा गएको पहिलो दिनमै एक आप्रवासी किशोरीलाई मालिकले बलात्कार गरेका छन् ।

तीन हप्ताअघि मात्रै अष्ट्रेलिया पुगेकी ती किशोरीलाई सिड्नीको एशफिल्डमा वाइज क्लिनिङ चलाउने व्यवसायी आशिष लुइटेलले बलात्कार गरेको आरोप लागेको हो ।

दोस्रो तलामा रहेको लुइटेलको वाइज क्लिनिङले अफिस एडमिन केटीको लागि विज्ञापन गरेको थियो ।

प्रहरी कागजातका अनुसार जुन मध्यमा वाइजको इनबक्समा २१ वर्षीया महिला र उनकी १८ वर्षीया कान्छी बहिनी जो तीन हप्ता अघि मात्रै अष्ट्रेलिया आइपुगेकी थिइन् उनले आवेदन दिएका थिए ।

दुवैलाई त्यही दिन दिउँसो अन्तर्वार्तामा बोलाइएको र १८ वर्षीया किशोरीलाई अर्को शुक्रबार तीन घण्टाको ट्रायल सिफ्ट दिइएको थियो ।

त्यस दिन लुइटेल र त्यहाँका अर्का कर्मचारी निकेश बरालले ती किशोरीलाई मादक पदार्थ सेवन गर्न दबाब दिएका थिए ।

सप्ताहन्तमा लुइटेलले किशोरीलाई पार्टी गर्नेबारे सोधेर म्यासेज गरेको अदालती कागजातमा उल्लेख छ ।

त्यसपछि सोमबारदेखि उनलाई हप्ताको २० घण्टा काम दिइएको थियो । सोमबार बिहान काममा पुगेकी ती किशोरीलाई दिउँसो साढे १ बजे बराल र रिसेप्शनिस्टले लुइटेलको कार्यालयमा पार्टीको लागि बोलाएको बताइएको छ।

त्यहाँको टेबलमा जोनी वाकर व्हिस्कीको बोतल र टकीलाको बोतल थियो । चुपचाप बसेकी किशोरीले पछि टकिला शट लिएको थियो ।

“फ्रिजमा थप ड्रिंक छ । हामी रातको मजा लिँदैछौँ, राति १० बजेअघि कोही जान पाउने छैन, ”लुइटेलले आफ्ना चारजना कामदारलाई भनेको बताइएको छ।

त्यसपछि उनलाई बरालले स्टोररुममा लगेका थिए । लुइटेलले उनलाई देखेको र बरालको नियतमा विश्वास नगरेको प्रहरीको आरोप छ ।

पीडित किशोरीलाई लुइटेलले उठाएर आफ्नो कार्यालयमा लगेका थिए । अदालतको कागजात अनुसार त्यसपछि किशोरीले भुइँमा सुतेको जस्तो महसुस गरेको र अभियुक्तले आफ्नो लुगा फुकालेको महसुस गरेकी थिइन्b।

लुइटेलले युवतीलाई प्रेमी छ कि छैन भनेर लगातार सोधेको र तिमीलाई म मन पर्छ ? भनेर सोधेको एवं कुटपिट गरेको प्रहरीको भनाइ छ । किशोरीको दिदीको फोन आएको तर, उनले बोल्न नसकेको बताइएको छ ।

साँझ करिब ६ बजे किशोरी उठेर लुगा मिलाई दिदीलाई बोलाउँदै रेलवे स्टेसनतर्फ निस्केकी थिइन् ।

उनले  किशोरीलाई अत्यधिक मादक पदार्थ लागेको अवस्थामा रेलवे प्लेटफर्मको सिटमा सुतेको भेट्टाएको प्रहरीले जनाएको छ ।

“उसले मलाई बलात्कार गर्‍यो, मलाई महिनावारी भएको थियो, विश्वास गर्नुहोस्,’ ती किशोरीले भनिन् ।

त्यसपछि लुइटेल पनि स्टेसनमा आइपुगे र किशोरीलाई बरालसँग फेला पारेको र घरमा छोड्दिने प्रस्ताव गरेको बताइएको छ । तर, किशोरीले उनको प्रस्ताव अस्विकार गरेपछि उनी त्यहाँबाट गएका थिए ।

त्यसपछि किशोरीकी दिदी त्यहाँ आइपुगेको र ट्रेनमा घर पुगेपछि प्रहरीलाई फोन गरेको बताइएको छ । भोलिपल्ट बुरवुडका फरेन्सिक अधिकारीहरूले वाइज क्लिनिङमा छापा मारेको र अफिसको भुइँमा रगत, वीर्य र र्‍याल फेला पारेका थिए ।

प्रहरीले लुइटेललाई पक्राउ गरी उनीमाथि सहमति बिना यौन सम्बन्ध राखेको दुईवटा मुद्दा चलाएको छ ।

३१ वर्षीय लुइटेलकी श्रीमती र अर्की एक महिलाले संयुक्तरूपमा एक लाख अमेरिकी डलर धरौटी राखेपछि गत हप्ता उनलाई जमानत दिइएको बताइएको छ । यसै वर्षको अन्त्यमा उनलाई फेरि अदालतमा बोलाइएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १६:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro