site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बारा बस दुर्घटना : मृत्यु हुनेको संख्या सात पुग्यो, १७ घाइते

बारा । बरामा तीर्थयात्री सवार बस दुर्घटनामा घाइते भएका एकजनाको उपचारका क्रममा मृत्यु भएको छ । योसँगै उक्त दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या सात पुगेको छ ।

तीनजनाको घटनास्थलमा तथा चारको उपचारका क्रममा मृत्यु भएको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ३००१ ख ७९९४ नम्बरको बस आज बिहान २ बजे बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ स्थित पूर्वपश्चिम लोकराजमार्गको चुरियामाईनजिक दुर्घटना भएको हो ।

मृत्यु हुनेमा महोत्तरीको लोहारपट्टीका ४१ वर्षीय विजयलाल पण्डित, भारतको राजस्थानका ६७ वर्षीय बहादुर सिंह र ६५ वर्षीया मीरादेवी सिंह रहेका डीएसपी न्यौपानेले बताए । बाँकी चारजनाको सनाखत हुन बाँकी छ ।

दुर्घटनामा तीन नेपाली र १४ भारतीय नागरिक घाइते भएका छन् । उनीहरू पशुपतिनाथको दर्शन गरी फर्कंदै थिए । रासस

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  ०९:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro