site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इजिप्टमा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला

काठमाडौं । इजिप्टमा कोरोना भाइरसको नयाँ भेरियन्ट इजी.५ फेला परेको छ ।

मंगलबार दुईजनामा कोरोना भाइरसको नयाँ भेरियन्ट इजी.५ पुष्टि भएको इजिप्टको स्वास्थ्य मन्त्रालयले बताएको हो ।

मन्त्रालयका अनुसार संक्रमित दुईजनामै सामान्य लक्षण देखिएको छ । उनीहरूमा कोभिड १९ को नयाँ भेरियन्ट पुष्टि भएसँगै अन्य नागरिकहरूलाई बुस्टर डोज लगाउन मन्त्रालयले आग्रह गरेको छ ।

श्वासप्रश्वाससम्बन्धी रोगको पहिचानको लागि देशभरका ४५० अस्पतालले पठाएको रिपोर्ट चेकजाँच गर्दा दुईजनामाथि नयाँ भेरियन्ट पुष्टि भएको हो ।

इजी.५ ओमिक्रोन भेरियन्टको अंश हो । यसको पहिलो केस फेब्रुअरीमा पुष्टि भएको थियो । अगस्ट ९ मा विश्वस्वास्थ्य संगठनले इजी.५ लाई ओमिक्रोनको अर्को प्रकारको रुपमा वर्गीकरण गरेको थियो । 

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १४:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro