site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
डेंगीबाट दुई महिनामा १३ जनाको मृत्यु, साढे १७ हजार संक्रमित

काठमाडौं । नेपालमा डेंगी संक्रमणबाट पछिल्लो दुई महिनामा १३ जनाको मृत्यु भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार जुलाईयता १३ जना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा १२ जना सुनसरी र एकजना चिनवनका रहेका छन् ।

जनवरीयता अगस्ट २२ सम्म १७ हजार ४०९ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।

सबैभन्दा धेरै सुनसरीमा नौ हजार १५९ जना संक्रमित भएका छन् । मोरङमा एक हजार ९४५, धादिङमा एक हजार ८९० र झापामा ९४६ जना संक्रमित भएका छन् ।

काठमाडौं उपत्यकामा पनि डेंगी फैलिँदो क्रमममा छ । उपत्यकामा तीन जिल्लामा गरी ६८९ जना संक्रमित भएका छन् ।

अगस्टका २२ दिनमा देशभर नौ हजार ५६६ संक्रमित थपिएको ईडीसीडीको तथ्यांक छ ।

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  ११:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro