site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
हवाई डढेलोमा ११५ जनाको मृत्यु, ८५० बेपत्ता
फाइल तस्बिर : एपी ।

माउई । संयुक्त राज्य अमेरिकाको हवाई राज्यको माउई जंगलमा लागेको डढेलो मानव बसोबास भएका स्थानमा फैलँदा त्यसमा परेर ज्यान गुमाउनेको संख्या ११५ पुगेको छ । माउ काउन्टीले आज जारी गरेको पछिल्लो विवरणानुसार ८५० जना अझै हराइरहेका छन् । खोजी तथा उद्धारका प्रयासलाई निरन्तरता दिइएको छ ।

आगोको चपेटामा परेका सबै एकतले आवासीय भवनमा खोजी जारी छ । अबको खोजी बहुतले आवासीय र व्यावसायिक भवनमा हुने माउईका प्रमुख रिचर्ड बिसेनले बताएका छन् ।

राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनले लहाइनाको अग्निप्रभावित क्षेत्रको भ्रमण गरेर पीडितलाई सान्त्वना दिएका छन् ।

राष्ट्रपतिले आगोले सखाप पारेका स्थानको पुनर्निर्माणमा संघीय सरकारबाट सबै सहायता उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरेका छन् । अग्निपीडित समुदायलाई सम्बोधन गर्दै उनले भने, “हामी यी पवित्रस्थल र यहाँको परम्पराको सम्मान गर्छौँ र माउईका जनताले निर्माण गर्न चाहेअनुरूप पुनर्निर्माण गर्नेछौँ ।”

प्रचण्ड गर्मीमा ठूलो विपत्ति बनेर निम्तने वन डढेलो टापुराज्य हवाईका लागि अभिशाप बनेको छ । दशकौँपछिको यो प्राकृतिक विपत्तिमा सुनामीमा भन्दा धेरैले ज्यान गुमाएका छन् ।

सन् १९६० को सुनामीमा यहाँ ६१ जनाको मृत्यु भएको थियो । त्यसको १४ वर्षअघिको सुनामीमा १६० जनाले ज्यान गुमाएका थिए । रासस/सिन्ह्वा

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १६:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro