site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
जापानमा औसत तापक्रम ३५ डिग्री सेल्सियसभन्दा बढी
फाइल तस्बिर ।

टोकियो । जापानको मौसमसम्बन्धी निकायले सोमबार देशभरको तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने क्रम जारी रहेको जनाएको छ ।

जापानको मौसम विज्ञान एजेन्सी (जेएमए)का अनुसार क्योटो सिटीमा दिनको अधिकतम तापक्रम ३८ डिग्री र आइजुवाकामात्सु, ओसाका, टोटोरी र सागा सहरमा ३७ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ ।

जेएमएले मानिसलाई तापक्रम, आर्द्रता र सौर्य विकिरणमा आधारित ‘हिट स्ट्रेस इन्डेक्स’ जाँच गर्न र आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।

उत्तरी क्युशु र तोहोकुमा तातो, ओसिलो हावासहितको तापक्रम वृद्धिले अस्थिर वायुमण्डलीय अवस्था सिर्जना गर्ने बताइएको छ । यसले सोमबारपछि आँधीबेहरी ल्याउने र भूस्खलनको सम्भावना सिर्जना हुने, बाढी आउने, नदीमा पानीको बहाव बढ्ने, चट्याङ पर्ने र तीव्र हावाहुरी चल्ने मौसमविद्ले बताएका छन् । रासस/एएफपी

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १६:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro