site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
पूर्वी जेरुसेलममा सार्वजनिक यातायात सञ्चालन गर्न २६४ मिलियन अमेरिकी डलर विनियोजन

काठमाडौं । इजरायलले पूर्वी जेरुसेलममा सार्वजनिक यातायात सञ्चालनको लागि २६४ मिलियन अमेरिकी डलर विनियोजन गरेको छ ।

इजरायली यातायात र सडक सुरक्षा विभागले यस बारेमा आइतबार जानकारी दिएको हो । पूर्वी जेरुसेलमको विकासका लागि इजरायली सरकारले स्वीकृत गरेको पाँच वर्षे योजनाको एक भागको रूपमा यो योजना घोषणा गरिएको हो ।

यस परियोजनामा पूर्वी रिङ रोड सम्पन्न गर्ने बताइएको छ । यसले उत्तरदेखि दक्षिणसम्म जेरुसेलमको पूर्वी क्षेत्रलाई जोड्छ ।

यो योजना सन् २०१८ को इजरायली मन्त्रिपरिषद्ले गरेको निर्णयलाई कार्यान्वयन गर्नका लागि अघि बढाइएको हो । शिक्षा, रोजगारको विकाससँगै पूर्वी जेरुसेलमको विकास गर्ने योजनाका रूपमा यसलाई हेरिएको छ ।

 

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १६:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro