site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
यी जिल्लामा आज बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
डडेलधुरास्थित महाकाली नदी । फाइल तस्बिर ।

काठमाडौं । देशका केही सानाठूला नदीमा आज पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।

आज र भोलि महाकाली नदीको जलसतह सतर्कता तह आसपास पुग्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार इलाम, झापा, मोरङ, सुनसरी, कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा र बैतडी भई बहने केही साना नदीमा आकस्मिक बाढीको जोखिम रहने पूर्वानुमान छ । नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

यस्तै, ताप्लेजुङ, पाँचथर, धनकुटा, उदयपुर, सप्तरी, सिन्धुली, रौतहट, सर्लाही, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, रसुवा, नुवाकोट, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही, कपिलवस्तु, पाल्पा, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, जाजरकोट, कालीकोट, अछाम, बाजुरा, बझाङ दार्चुला र आसपास भई बहने केही साना नदीमा समेत बहाव बढ्न सक्ने पूर्वनुमान छ ।

adfg1692589406.jpg

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  ०९:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro