site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
पाकिस्तानमा इन्धन बोकेको भ्यानसँग यात्रुवाहक बस ठोक्किँदा २० जनाको मृत्यु

काठमाडौं । पाकिस्तानको पूर्वी पञ्जाव प्रान्तको हाफिजाबाद जिल्लामा आइतबार यात्रुवाहक बस दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ ।

आइतबार यात्रु बसले अर्को सवारीसाधनलाई ठक्कर दिँदा लागेको आगोले अन्य १५ जना घाइते भएका हुन् । फैसलाबाद टोल प्लाजाको राजमार्गमा बिहान इन्धन बोकेको पिकअप भ्यानसँग बस ठोक्किएर आगलागी भएको थियो ।

उद्धारकर्मीहरूले घाइतेलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । जसमा तीनजनाको अवस्था गम्भीर रहेको छ ।

बसमा करिब ४० जना यात्रु सवार थिए । दुर्घटनाग्रस्त बस दक्षिणी बन्दरगाह सहर कराँचीबाट संघीय राजधानी इस्लामावाद जाँदै थियो ।

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १७:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro