site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
हवाई डढेलो : एक हजारजना बेपत्ता, उद्धारकार्य जारी
तस्बिर : एपी ।

काठमाडौं । अमेरिकाको हवाई राज्यको माउई जंगलमा लागेको डढेलोका कारण हालसम्म ११४ जनाले ज्यान गुमाएका छन् । ६० प्रतिशत बढी डढेलोग्रस्त क्षेत्रमा उद्धार टोलीले निरीक्षण गरेको छ ।

हवाई राज्यका प्रमुख जोस ग्रीनले डढेलोका कारण ज्यान गुमाउनेको संख्यामा अझै वृद्धि हुन सक्ने बताए । डढेलो लागेको सबै क्षेत्रको अझै अनुगमन गर्न नसकिएको भन्दै उनले उद्धारकार्य जारी रहेको बताए ।

डढेलोका कारण त्यहाँको अवस्था बयान गर्न कठिनाइ भइरहेको र ६ बिलियन सम्पत्ति ध्वस्त भएको अनुमान गरिएको उनले बताए । उनले २२ सय भवन ध्वस्त हुनुका साथै अरू ५०० बढी भवनमा क्षति पुगेको बताए ।

डढेलोको कारण माउईको लोकप्रिय पर्यटकीयस्थल एवं पहिलाको हवाई राज्यको राजधानी रहेको ऐतिहासिक सहर लाहाइनाका धेरैजसो भूभाग जलेर नष्ट भएको छ । त्यहाँ १३ हजार नागरिक बस्ने गर्थे । कम्तीमा अझै एक हजार मानिस बेपत्ता भएकाले उद्धार टोली थपेर सो कार्यमा खटाइएको उनले बताए । सिन्ह्वा/न्युज एजेन्सी नेपाल ।

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  ११:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro