site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
गरिमा विकास बैंकले ११.९९ प्रतिशत ब्याजदरमा घर र एसएमई कर्जा दिने

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले 'आफ्नै घर–आफ्नै व्यवसाय' स्किम सार्वजनिक गरेको छ । बैंकले ११.९९ प्रतिशत ब्याजदरमा गरिमा सरल घर कर्जा र गरिमा सरल एसएमई आवधिक कर्जा सार्वजनिक गरेको हो ।

कर्जासम्बन्धी सम्पूर्ण कागजात पेस गरेको दुई दिनभित्र स्वीकृत हुने बैंकले बताएको छ । गरिमा सरल घर कर्जा र गरिमा सरल एसएमई कर्जाको ब्याज सात वर्षसम्म निश्चित हुने बैंकले जानकारी दिएको छ ।

११.९९ प्रतिशतको निश्चित तथा आर्कषक ब्याजदरमा घर खरिद वा निर्माण गर्नका लागि बैंकको शाखा कार्यालयमा सम्पर्क गर्न सकिने बताइएको छ ।

गरिमा विकास बैंकले देशभर १२१ शाखा कार्यलय, ५० एटीएम र डिजिटल बैंकिङमार्फत सेवा दिँदै आएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  १२:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro